सुतिरहेका बेला पहिरोले घर पुर्दा तीन वर्षीय बालकको मृत्यु, बाबु–आमा घाइते
annapurnapost.com · Sat Jul 25 04:28:51 GMT 2026

मुगु : मुगुम कार्मारोङ गाउँपालिका–५ पालिका केन्द्र रहेको पुलु बजारमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ४ बजे स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सिर्जना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुङ्गासहितको पहिरो खस्दा मृत्यु भएको हो ।
पहिरोमा परी जगनाथ र सिर्जनालाई सामान्य चोट लागेको छ । उनीहरूले पुलु स्वास्थ्य चौकीमा उपचार गराइरहेका छन् । पहिरोमा पुरिएका बालक रमेशलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी पुर्याए पनि चिकित्सकले बिहान करिब ५ः४५ बजे मृत घोषणा गरेका थिए ।करिव २ सय मिटर माथिबाट आएको पहिरोले घरमा पूर्ण क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)