आफ्ना सांसदमाथि दुर्व्यवहार भएपछि रास्वपाले जनायो आपत्ति
shilapatra.com · Sat Jul 25 04:31:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरी भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले शनिबार जारी गरेको विज्ञप्तिमा यही ७ साउनमा मतदाताको भेटघाट कार्यक्रम सकेर फर्कने क्रममा सांसद पौडेलमाथि भएको उक्त घटनाको घोर भर्त्सना गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)