देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
ratopati.com · Sat Jul 25 04:45:58 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय स्वाधीनतामाथि सङ्कट आएको बताएका छन् । आज नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
संयोजक दाहालले अहिले कम्युनिस्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिस्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्न जरुरी रहेको उल्लेख गरे । कम्युनिस्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने समय आएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)