स्वास्थ्य अवस्था थप जटिल बन्दै डा. गोविन्द केसी, चिकित्सकको चेतावनी
kalakarmi.com · Sat Jul 25 04:48:16 GMT 2026

धनगढी- २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । चिकित्सकहरूले उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै तत्काल आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका छन् ।
धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालामा अनसनरत डा. केसीको शनिवार बिहान सेती प्रादेशिक अस्पतालका वरिष्ठ चिकित्सक डा. गजेन्द्र दुवालको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो। परीक्षणका क्रममा उनको रक्तचाप ११०/९० र रगतमा सुगरको मात्रा ५० मात्र रहेको पाइएको चिकित्सकले बताएका छन् । सामान्य अवस्थाभन्दा निकै कम सुगर देखिएकाले उनको स्वास्थ्य जोखिमपूर्ण बन्दै गएको चिकित्सकहरूको निष्कर्ष छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)