स्वास्थ्य बीमा बोर्डले गर्यो २५ अर्बभन्दा बढी दाबी भुक्तानी
nepalviews.com · Fri Jul 24 09:44:02 GMT 2026

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्ष र २०८२ पुस महिनासम्म स्वीकृत स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भुक्तानी गरेको जनाएको छ ।
बोर्डले आर्थिक वर्ष २०८२/८३ मा असोज, कात्तिक र मंसिरसम्म प्राप्त दाबीमध्ये स्वीकृत दाबीको भुक्तानी यसअघि नै सम्पन्न गरिएको थियो । पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनाको स्वीकृत भएका दाबीहरूको रकम २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)