आगामी रणनीति बनाउन कांग्रेस देउवा समूहको बैठक बस्दै
nepalpress.com · Fri Jul 24 09:41:43 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको आगामी राजनीतिक रणनीति तय गर्न पूर्वसभापति शेरबहादुर देउवा समूहको बैठक आज (शुक्रबार) बस्दै छ। बैठक अपराह्न ४ बजे चुनदेवीस्थित समूहको सम्पर्क कार्यालयमा हुने तय भएको छ।
नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा यसअघि सर्वोच्च अदालतबाट भएको फैसलाको पुनरावलोकन माग गर्दै देउवा पक्षले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेपछि विकसित राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)