युक्रेनी ड्रोन आक्रमणपछि इन्धन संकटमा रुस
kendrabindu.com · Sat Jul 25 05:04:00 GMT 2026

काठमाडौं । युक्रेनी ड्रोन आक्रमणले प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) हरूमा क्षति पुर्याएपछि रुस इन्धन अभावसँग जुधिरहेको छ। घरेलु प्रशोधन क्षमता करिब ४० प्रतिशतले घटेपछि रुसले पहिलो पटक भारतबाट पेट्रोल आयात गर्न थालेको हो।
फाइनान्सियल टाइम्सका अनुसार भारतको गुजरातस्थित वाडिनार रिफाइनरीबाट पठाइएको ४२ हजार टन पेट्रोल बोकेको ट्यांकर आइतबार उत्तरी रुसको बेलोये मोरे तेल टर्मिनलमा पुग्ने तयारीमा छ। यो खेप हालसम्मको इन्धन संकटपछि रुस पुगेको सबैभन्दा ठूलो एकल पेट्रोल आयात मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)