१० वर्षमा पनि बनेन बुटवलको चौराहा–गोलपार्क सडक, फेरि म्याद थप
shilapatra.com · Sat Jul 25 05:01:00 GMT 2026

मुलुकको प्रमुख व्यापारिक केन्द्र बुटवलको मुख्य भागको सडकखण्ड लामो समयदेखि अलपत्र छ । झण्डै १० वर्षअघि निर्माण सुरु गरिएको राजमार्ग चौराहा–गोलपार्क सडकमा सम्झौताअनुसार काम भएको भए यतिबेला चिल्लो सडकमा सवारी गुडेका हुन्थे । यात्रु र सर्वसाधारणहरूलाई समेत सहज हुन्थ्यो तर, अन्तिम पटकका लागि भन्दै थपिएको म्याद सकिँदासमेत काम सम्पन्न नभएपछि पुनः म्याद थएको छ ।
गत असार मसान्तभित्र सडक निर्माणको काम सक्नुपर्ने भए पनि निर्माण व्यवसायीले तोकिएको समयसीमाभित्र काम पूरा नगरेपछि पुनः म्याद थप गरिएको सडक डिभिजन कार्यालय बुटवलकी सूचना अधिकारी इन्जिनियर प्रज्ञा शर्माले जानकारी दिइन् । उनका अनुसार अब निर्माण सम्पन्न गर्न २० असोज २०८३ सम्मको समय दिइएको छ । बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत साढे ३ किलोमिटर ६ लेन सडक ३० महिनामा पूरा गर्ने गरी १७ चैत २०७३ मा कञ्चनजंघा बिरुवा जेभीसँग ५३ करोड ९८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)