डा. केसीको स्वास्थ्य जटिल बन्दै, आईसीयूमा उपचार गर्न चिकित्सकको सुझाव
kendrabindu.com · Sat Jul 25 05:09:11 GMT 2026

धनगढी । २४औं सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाको २११ नं. कोठामा अनसनरत केसीको शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले परीक्षण गरेका थिए ।
परीक्षणका क्रममा डा. केसीको रक्तचाप ११०/९० र रक्तमा सुगरको मात्रा ५० रहेको पाइएको छ । सुगरको मात्रा अत्यन्त न्यून भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकले बताएका छन् । चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका छन् । तर डा. केसीले उक्त सुझावबारे आफू विचार गर्ने प्रतिक्रिया दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)