बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन
rajdhanidaily.com · Fri Jul 24 10:01:25 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले बाजुराको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । पर्यटकीय क्षेत्र बडीमालिकामा सडक सञ्जालबाट सामान ढुवानी गर्न सक्ने अवस्था नरहेकाले हेलिकप्टरबाट तत्काल सामान ढुवानी गर्ने व्यवस्था गर्न पनि उनले निर्देशन दिए ।
मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेपाल टेलिकमले साउनभित्र टेलिफोन सेवा सञ्चालनमा ल्याइसक्ने प्रतिवद्धता जनाएको छ । टेलिफोन टावर निर्माणका लागि सामान धनगढी, कैलालीसम्म ढुवानी भइसकेको र नेपाली सेनाको हेलिकप्टर उपलब्ध हुँदा चाँडो काम गर्न सकिने टेलिकमको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)