फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजार बढी विस्थापित
nagariknews.nagariknetwork.com · Sat Jul 25 05:03:11 GMT 2026

फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण एक लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। तीव्र हावा र लामो खडेरीका कारण डढेलो तीव्र रूपमा फैलिँदा दुवै देशले युरोपेली सङ्घ सँग सहयोग मागेका छन्।
फ्रान्सको दक्षिणपश्चिमी बोर्डो क्षेत्र र स्पेनको राजधानी म्याड्रिड आसपासका क्षेत्रमा डढेलोले व्यापक क्षति पुर्याएको छ। फ्रान्समा करिब एक लाख ४१ हजार तथा म्याड्रिड क्षेत्रमा करिब २५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन्। विस्थापितमध्ये एक हजार २०० भन्दा बढी वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्ति रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)