रास्वपा बागलुङको जिल्ला अधिवेशन साउन १६ गते हुने
barnanmedia.com · Sat Jul 25 05:09:52 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशन यही साउन १६ गते हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले यसअघि बागलुङ जिल्ला अधिवेशनबाट गठन गरिएको जिल्ला कार्यसमिति बदर गर्दै पुनः अधिवेशन गराउने निर्णय गरेपछि नयाँ अधिवेशन आयोजना गर्न लागिएको रास्वपा नेता पुनम शर्माले जानकारी दिनुभयो ।
केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला अधिवेशन सञ्चालन प्रक्रियासम्बन्धी प्राप्त उजुरी, उपलब्ध तथ्य तथा प्रमाण र सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको अध्ययनपछि अधिवेशन पार्टीको जिल्ला अधिवेशन कार्यविधिअनुसार सञ्चालन नभएको निष्कर्ष निकालेको थियो । सोही आधारमा पुनः अधिवेशन गर्ने निर्णय गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)