विदेशीका सामु झुक्नुपर्ने आवश्यकता छैन : माधवकुमार नेपाल
barnanmedia.com · Fri Jul 24 09:58:06 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालले नेपालको राजनीतिमा वामपन्थी शक्तिहरूले ऐतिहासिक रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा पनि वामपन्थी शक्तिहरूको आवश्यकता अझ बढी महसुस गरिएको बताएका छन् ।
४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशभक्त, लोकतन्त्रवादी, गणतन्त्र पक्षधर तथा संविधानका समर्थक सबैको आशा वामपन्थी शक्तिमाथि रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)