रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार
barnanmedia.com · Fri Jul 24 10:03:00 GMT 2026

रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि सार्वजनिक कार्यक्रमबाट फर्किने क्रममा दुर्व्यवहार भएको छ। गढीमाई नगरपालिका–७ पर्सामा आयोजित ‘जनतासँग भेटघाट कार्यक्रम’ सकेर फर्कने क्रममा केही व्यक्तिले उनीमाथि कालोमसी छ्यापेका हुन्।
सांसद पौडेलका अनुसार बिहीबार राति करिब ८ बजेदेखि सवा ८ बजेको बीचमा कार्यक्रम सकिएपछि उनी फर्कने तयारीमा थिए। त्यहीक्रममा मास्क लगाएका दुई–तीन जनाको समूह पछाडिबाट आएर नजिकिएको र अँगालो हालेजस्तो गर्दै ढाडमा कालोमसी लगाएर भागेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)