सरकार फेरियो, तर प्रश्न उहीः नेपालले आफ्ना अल्ट्रा धावकलाई कहिले अपनाउँछ?
neplays.com · Sat Jul 25 05:20:00 GMT 2026
काठमाडौं। नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा धेरै सफलता दिलाइरहेका खेलमध्ये अल्ट्रा र ट्रेल रनिङ अग्रपङ्क्तिमा पर्छ। यस क्षेत्रमा नेपाली खेलाडीहरूले निरन्तर विश्वस्तरीय उपलब्धि हासिल गरिरहेका छन्। तर ती सफलताप्रति राज्यको दृष्टिकोण भने अझै परिवर्तन हुन सकेको छैन। यसको पछिल्लो उदाहरण हुन् अल्ट्रा तथा ट्रेल धाविका सुनमाया बुढा।
यूटीएमबी (UTMB) सिरिजअन्तर्गत इटालीमा आयोजित प्रतिष्ठित ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल (१२० किलोमिटर) मा सुनमायाले १३ घण्टा ३३ मिनेट १८ सेकेन्डमा दौड पूरा गर्दै ऐतिहासिक उपाधि जितिन्। उनले विश्वका चर्चित धाविकाहरूलाई पछि पार्दै १३ वर्षदेखि कायम रहेको कोर्स रेकर्डसमेत तोडिन्। यो उपलब्धि नेपाली धावकहरूले विदेशी भूमिमा हासिल गरेका सबैभन्दा महत्वपूर्ण सफलतामध्ये एक मानिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)