बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००
lokaantar.com

बुद्ध एयरले एटीआर-७२-६०० विमान भित्र्याएको छ। कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ ।
बुद्ध एयरले कल साइन ९ एन-एओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको हो । यो एटीआर-७२-६०० विमानमा उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जनाइएको छ । यस सिरिजका विमान कम इन्धन खपत गर्नाले यो वातावरण मैत्री मानिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)