एमाले नेता अलीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
annapurnapost.com · Fri Jul 24 09:56:26 GMT 2026

वीरगन्ज : आपराधिक उपद्रव तथा डाँकासम्बन्धी कसुरमा फरार नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीका सचिव लियाकत अलीलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । बिहीबार न्यायाधीश कमला पौडेलको एकल इजलासले आपराधिक उपद्रव र डाकासम्बन्धी कसुरमा १ लाख ३५ हजारका दरले कुल २ लाख ७० रुपैयाँ हजार धरौटी माग गर्दै अलीलाई रिहा गर्ने आदेश दिएको हो ।
अदालतको आदेशसँगै अलीले बिहीबार नै अदालतको माग बमोजिमको धरौटी बुझाएर रिहा पनि भएका थिए । मुद्दा दर्तापछि फरार रहेका अली बिहीबार आँफै पर्सा जिल्ला अदालतमा हाजिर भएका थिए । जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गते वीरगन्ज महानगरपालिका–३ स्थित महानगरका निलम्बित मेयर राजेशमान सिंहको घरमा भएको लुटपाट, तोडफोड र आगजनी गरिएको थियो । उक्त घटनामा अली समेत संलग्न रहेको आरोप लगाउँदै सिंहका छोरा अनिसमान सिंह र अन्नपूर्ण मानन्धरले गत फागुन २५ गते अलीविरुद्ध जाहेरी दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)