सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा दिन महाभियोगको धम्की
barnanmedia.com · Fri Jul 24 10:36:22 GMT 2026

काठमाडौं, ८ साउन : सर्वोच्च अदालतका तीन जना न्यायाधीशलाई राजीनामा दिन दबाब आएको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले दाबी गरेका छन्।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरू एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) ले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी न्यायाधीशलाई राजीनामा दिन दबाब आएकोमा चिन्ता जनाएका छन्। सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँललाई राजीनामा दिन राजनीतिक दबाब आएको विज्ञप्तिमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)