बुद्ध एयरले भित्र्यायो अत्याधुनिक एटीआर-७२-६००
canadanepal.com · Sat Jul 25 06:00:20 GMT 2026

काठमाडौं- बुद्ध एयरले आफ्नो उडान सेवालाई अझ सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले नयाँ सिरिजको अत्याधुनिक एटीआर–७२-६०० जहाज नेपाल भित्र्याएको छ। कम्पनीले फ्रान्सको तुलुसबाट शनिबार उक्त नयाँ जहाज काठमाडौँ ल्याएको हो। आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि आगामी महिनादेखि यसलाई व्यावसायिक उडानमा ल्याउने तयारी बुद्ध एयरको छ।
नयाँ जहाजमा पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट तथा उन्नत सुरक्षा प्रविधि जडान गरिएको छ। कम इन्धन खपत गर्ने यो जहाज अघिल्ला सिरिजका जहाजको तुलनामा वातावरणमैत्री हुनुका साथै कम ध्वनि प्रदूषण गर्ने प्रकृतिको रहेको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)