सत्तामा जाने बितिक्कै विदेशीसामु झुक्नु पर्छ भन्ने मानसिकता गलत : माधव नेपाल
annapurnapost.com · Fri Jul 24 11:01:10 GMT 2026

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले मुलुकको परिवर्तन र संविधानको रक्षा गर्न सबै वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन् ।
४८ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले राष्ट्रियता, संविधानको रक्षा, लोकतन्त्र, गणतन्त्र र संघीयताको संरक्षण गर्न सबै वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका हुन् । गरीबी, अभाव, बेरोजगारी र युवाहरूका गम्भीर समस्याहरूविरुद्ध समेत सशक्त आवाज उठाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)