राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८२ जारी, वालेट सञ्चालनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
ajakoartha.com · Sat Jul 25 06:08:00 GMT 2026

काठमाडौं– नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८२ जारी गर्दै भुक्तानी सेवा प्रदायक संस्थाका लागि नयाँ व्यवस्था लागू गर्दै विद्युतीय वालेट सञ्चालनमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्देशन जारी गरेको छ।
नयाँ निर्देशनअनुसार अब नेपाली नागरिकले ई–वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखबाट विवरण यकिन गर्नुपर्नेछ। साथै, सबै वालेट प्रयोगकर्ताले २०८३ असोज मसान्तभित्र आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण वा नम्बर मोबाइल एप वा अन्य माध्यमबाट अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)