किशोरीको डिम्ब बिक्रीमा संलग्न महिला पक्राउ
baahrakhari.com · Fri Jul 24 11:08:55 GMT 2026

काठमाडौं । ललितपुरमा किशोरीको डिम्ब खरिदबिक्रीमा संलग्न आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको इमाडोलमा बस्दै आएकी लमजुङकी राधिका गोतामेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
१७ वर्षीया एक किशोरीलाई आर्थिक प्रलोभनमा पारी ग्वार्कोस्थित बीएन्डबी अस्पतालको आईभीएफ सेन्टरमा पुर्याएर डिम्ब झिकी बिक्री गरिएको खुलेको छ । उक्त डिम्ब एक महिलालाई बिक्री गरिएको खुलेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)