अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पतालमा भर्ना, आईसीयूमा राखेर उपचार सुरु
ratopati.com · Sat Jul 25 06:25:55 GMT 2026

धनगढी । धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा तीन दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल लगिएको छ । उनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा आफ्नो २४ औँ अनशन सुरु गरेका थिए । अनशनका क्रममा उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल सारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)