नेपालको जेनजी आन्दोलनमा चर्चित इन्टरनेटबिनै कुराकानी गर्न सकिने ‘बिटच्याट’ एप भारतमा प्रतिबन्ध
techpana.com · Sat Jul 25 06:20:36 GMT 2026

काठमाडौं । भारत सरकारले ब्लुटुथमा आधारित मेसेजिङ एप ‘ बिटच्याट ’ लाई आफ्नो प्लेटफर्मबाट हटाउन ‘गिटहब’लाई निर्देशन दिएको छ । गृह मन्त्रालय मातहतको साइबर अपराध नियन्त्रण निकाय ‘इन्डियन साइबरक्राइम कोअर्डिनेसन सेन्टर’ले माइक्रोसफ्टको स्वामित्वमा रहेको गिटहबलाई सो निर्देशन दिएको हो ।
यो एप ट्वीटरका पूर्व मुख्य कार्यकारी अधिकृत (सीईओ) ज्याक डर्सीले विकास गरेका हुन् । डर्सीले सामाजिक सञ्जाल एक्स मा एक पोस्ट गर्दै २४ जुलाईको सरकारी सूचना सार्वजनिक गरेका छन् । भारत सरकारले बिटच्याट जस्ता प्रविधि हटाउन खोजेको उनको दाबी छ । यस विषयमा इन्डियन साइबरक्राइम कोअर्डिनेसन सेन्टरले सञ्चार माध्यमलाई हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)