लागुऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली, दुई जना पक्राउ
lokaantar.com

लागुऔषध नियन्त्रण ब्यूरोले धनुषाबाट खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको थियो ।
लागुऔषध बिक्रीवितरण गर्ने गिरोहको निगरानी गर्ने क्रममा बर्दिबास शाखाबाट खटिएको प्रहरी टोलीले धनुषाको मिथिला नगरपालिका–६ मा खैरो हेरोइनको कारोबार भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो। तर उनीहरू भाग्न खोजेपछि चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरी पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)