कोशीमा तस्करीको आरोपले सशस्त्रमा हलचल, एसपीदेखि जवानसम्म मुख्यालयको अनुसन्धानमा
annapurnapost.com · Fri Jul 24 11:40:29 GMT 2026

विराटनगर : नेपाल–भारत सीमा क्षेत्रबाट तस्करी गराउने, घुमुवा परिचालन गरेर अवैध असुली गर्नेदेखि विभागीय अनुशासन उल्लंघन गरेको आरोपमा कोशी प्रदेशका विभिन्न जिल्लामा कार्यरत सशस्त्र प्रहरी बलका एसपीदेखि जवानसम्म मुख्यालय तानिएका छन् । उनीहरुमाथि सशस्त्र प्रहरी बलको मुख्यालयले आन्तरिक छानबिन गरिरहेको छ ।
सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले झापा, सुनसरी र इलाममा कार्यरत अधिकृतहरूलाई जिम्मेवारीबाट हटाएर काठमाडौं बोलाएको हो । उनीहरूमाथि सीमा क्षेत्रमा लागुऔषध तथा अन्य मालवस्तुको तस्करीमा संलग्न समूहसँग मिलेमतो गर्दै घुमुवामार्फत रकम असुलेको आरोप लागेको छ । अनुसन्धानमा पर्ने अधिकृतहरूमा सशस्त्र प्रहरी बल झापाका प्रमुख एसपी अम्बिकाप्रसाद जोशी, सुनसरीका प्रमुख एसपी श्यामकुमार कार्की, प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर सुनसरीका डीएसपी शम्शेर कार्की, इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेती तथा सुनसरीको बीओपी लौकहीका इन्स्पेक्टर नरेन्द्र चन्द रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)