२१ हजार घुससहित काठमाडौं–३० का लेखा अधिकृत पक्राउ
arthasansar.com

काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीसँग २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।
सेवाग्राहीले स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट चाहिने सिफारिस माग्दा भट्टराईले दुःख-हैरानी दिँदै घुस मागेका थिए। सोही सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो। अख्तियारका अनुसार पक्राउ परेका भट्टराईमाथि थप अनुसन्धान भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)