केवाईसी अद्यावधिकको झन्झट: कहिले आउँछ 'सेन्ट्रलाइज केवाईसी '? यसो भन्छ राष्ट्र बैंक
arthasansar.com

नयाँ आर्थिक वर्षको सुरुवातसँगै बैंक तथा वित्तीय संस्थाहरूले ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न ताकेता बढाएका छन्। बैंकहरूले केवाईसी अद्यावधिक नगरे खाताबाट हुने कारोबार रोक्का (फ्रिज) गर्ने चेतावनीसहितका सन्देश पठाउन थालेपछि सर्वसाधारण पुनः फारम भर्ने र कागजात जुटाउने झन्झटमा परेका हुन्।
तर, एउटा बैंक वा वित्तीय संस्थामा केवाईसी अद्यावधिक गरिसकेपछि पनि अर्को बैंक, बीमा कम्पनी, सेयर बजारको डिम्याट वा डिजिटल वालेटका लागि छुट्टाछुट्टै विवरण बुझाउनुपर्ने बाध्यता छ। सरकारले ‘डिजिटल नेपाल’ को नीति अघि सारे पनि नागरिकता, औँठाछाप र ठेगानाजस्ता स्थिर विवरणहरू वित्तीय संस्थापिच्छे दोहोर्याएर बुझाउनुपर्दा सर्वसाधारणले झन्झट व्यहोर्नुपरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)