पहिरो हटाइएपछि कर्णाली राजमार्ग सञ्चालनमा
himalpress.com · Sat Jul 25 07:16:42 GMT 2026

कालीकोट- कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गोगने खोलामा अविरल वर्षापछि खसेको ढुङ्गा, माटो र लेदोयुक्त पहिरो हटाइएपछि कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ।
गएराति करिब ८ बजेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको राजमार्ग सडक डिभिजन कार्यालयको डोजर प्रयोग गरी पहिरो पन्छाएपछि दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)