गण्डकी प्रदेशको बजेट बहुमतले पारित
baahrakhari.com · Sun Jun 28 13:07:00 GMT 2026

पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको बजेट बहुमतले पारित भएको छ । प्रदेश सरकारहरूले २०७५/०७६ देखि आफैँले बजेट ल्याउन लागेका हुन् । प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको बजेट आइतबार बसेको प्रदेशसभा बैठकले बहुमतले पारित गरेको हो ।
बजेटमाथिको छलफलमा बोल्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने बताए । “स्रोत सुनिश्चित गरेर बजेट ल्याइएको छ, कार्यान्वयनमा स्रोतको कमी हुँदैन,” उनले भने । तलब वृद्धि र महँगी भत्ताका कारण चालु खर्चतर्फको बजेट बढाउनुपरेको मुख्यमन्त्री पाण्डेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)