पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु
himalpress.com · Sat Jul 25 07:43:19 GMT 2026

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको टांक जिल्लामा रहेको सेना र प्रहरीको संयुक्त सुरक्षा चौकीमा भएको आत्मघाती हमलामा १२ सैनिकसहित १५ जनाको मृत्यु भएको छ। हमलापछि सुरक्षा बलले गरेको जवाफी कारबाहीमा १२ जना आक्रमणकारी पनि मारिएका छन्।
पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स/आईएसपीआरका अनुसार बिहीबार राति चरमपन्थीहरूले ‘मांझी खेल’ सुरक्षा चौकीमा घुस्ने प्रयास गरेका थिए। सुरक्षा बलले उनीहरूको पहिलो प्रयास असफल पारेपछि भागेका आक्रमणकारीलाई पछ्याएर कारबाही गर्दा १२ जना मारिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)