सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल
rajdhanidaily.com · Sun Aug 30 02:37:08 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना देशभरका सदस्यसँग सवारीसाधन माग गरेको छ ।
महासंघका महासचिव शिवहरि घिमिरेले शनिबार परिपत्र जारी गर्दै बाढीपीडितको सहयोगार्थ मिनी ट्रक, पिकअपलगायतका सवारीसाधन उपलब्ध गराउन सम्पूर्ण सदस्यलाई अपिल गरेका हुन् । विज्ञप्तिमा भोटेकोशीको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा अकल्पनीय मानवीय एवं भौतिक क्षति पुर्याएको उल्लेख छ । मुलुक अत्यन्त ठूलो पीडामा रहेको वर्तमान परिस्थितिमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु साझा दायित्व भएको महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)