स्ट्रेट अफ होर्मुजमा व्यापारिक जहाजको सुरक्षाका लागि अन्तर्राष्ट्रिय गठबन्धन बनाउने तयारीमा अमेरिका-बेलायत
aarthiknews.com

लन्डन/वासिङ्टन । संयुक्त राज्य अमेरिका र बेलायतले स्ट्रेट अफ होर्मुजमा व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुद्री गठबन्धन गठन गर्ने तयारी थालेका छन्। यसका लागि आगामी साता लन्डनमा उच्चस्तरीय बैठक आयोजना गर्ने योजना बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एक्सियोसले कूटनीतिक स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ।
प्रतिवेदनअनुसार बैठकमा अमेरिकी रक्षा सचिव पीट हेग्सेथसहित अमेरिका, बेलायत, फ्रान्स तथा अन्य पश्चिमी र मध्यपूर्वी मुलुकका रक्षा मन्त्री र सैन्य अधिकारीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। यद्यपि बैठकको मिति र अन्तिम कार्यसूचीबारे अझै छलफल भइरहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)