लुम्बिनी लायन्समा पुन ट्रम्पलमन
neplays.com · Fri Jul 24 12:54:00 GMT 2026
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि रक्षा गर्ने उद्देश्यसहित पहिलो विदेशी खेलाडी साइन गरेको छ, रुबेन ट्रम्पलमनलाई पुन अनुबन्धन गर्दै यसको सुरुवात गरेको छ ।
देब्रेहाते तीब्र गतिका २८ वर्षे वलर लुम्बिनी लायन्सको उपाधि यात्रामा एनपिएल को प्लेयर अफ द टूर्नामेन्ट`मा चुनिएका थिए। उनले ६.७२ को इकोनोमी र १४.९३ को औषतमा १५ विकेट लिनुका साथै ७ इनिङ्समा ४ मा अविजित रहि ४१ रन बनाएका थिए । बलिङका साथै कर्णाली याक्ससँगको समूहचरणको खेलमा उनले १४ बलमै १ चौका र ३ छक्का प्रहार गर्दै नटआउट २९ रन बनाएका थिए। गत वर्षको यात्रामा ट्रम्पलमनले लुम्बिनी लायन्सले खेलेको सबै १० खेल खेलेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)