काँकडभिट्टा–लौकही सडक विस्तार तिव्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम हुँदै
makalukhabar.com · Sat Jul 25 08:05:19 GMT 2026

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा–लौकही सडक खण्डको स्तरोन्नति कार्यले तीव्रता पाएको छ । एसियाली विकास बैंक (एडिबी) को ४६ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माणाधीन यस सडकको पूर्वी खण्डमा हाल धमाधम कालोपत्रे गर्ने कार्य भइरहेको हो ।
सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (डिबी) मार्फत पाँचवटा प्याकेजमा विभाजन गरी ९५ किलोमिटर लामो यस सडकको विस्तार कार्य अघि बढाइएको हो । आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा बाँडिएको छ । पूर्वी खण्ड अन्तर्गत काँकडभिट्टादेखि झापाको सीतापुरीसम्म ४५ किलोमिटर र पश्चिम खण्ड अन्तर्गत सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म ५० किलोमिटर सडक रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)