कर्णालीमा नयाँ सरकार गठन गर्ने गृहकार्यमा कांग्रेस र नेकपा
nepalnews.com · Fri Jul 24 13:01:18 GMT 2026

वीरेन्द्रनगर। कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले नयाँ सरकार गठन गर्ने गृहकार्य थालेका छन्। मुख्यमन्त्री यामलाल कँडेलको विकल्प खोज्दै कांग्रेस र नेकपाले सहकार्य गर्दै नयाँ सरकार बनाउने तयारी गरेका हुन्।
गत ३१ असारमा सत्तासाझेदार दल कांग्रेसका चार मन्त्रीले प्रदेश सरकारबाट राजीनामा दिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कँडेलविरुद्ध ३२ असारमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा अगाडि सार्दै नेकपाका ११ र कांग्रेसका पाँच गरी १६ प्रदेश सभा सदस्यले अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)