आर्थिकन्यूजकाे समाचार प्रभाव: प्रवासमा मृत्यु भएकाको परिवारलाई दाबी भुक्तानीमा सर्त नराख्न प्राधिकरणको निर्देशन
aarthiknews.com

काठमाडौं । दाबी भुक्तानीको समयमा बीमा कम्पनीले अर्काे बीमालेख खरिदका लागि बीमित तथा पिडितलाई अनुचित दबाब नदिन नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दाबी भुक्तानीको समयमा बीमित तथा पिडितलाई सोही रकमबाट अर्काे बीमालेख खरिदका लागि दबाब नदिन निर्देशन दिएको हो ।
कम्पनीहरु वैदेशिक रोजगार म्यादी जीवन बीमा बापतको दाबी भुक्तानी गर्ने समयमा मृतकका परिवारलाई सोही रकमबाट अर्काे बीमालेख खरिद गर्न दबाब दिने गरेका थिए । वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत पीडित पक्षले १४ लाख रुपैयाँ पाउँने व्यवस्थ छ । सो १४ लाखबाट केही रकमको भएपनि अर्काे बीमालेख खरिद गर्न कम्पनीहरुले पीडित पक्षलाई दबाब दिँदै आएको विषयमा आर्थिक न्यूज डटकमले साउन ४ गते सोमबार समाचार प्रकाशन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)