क्रान्तिका राता डोबहरूमा पुष्पलाल
annapurnapost.com · Fri Jul 24 12:56:05 GMT 2026

जहानियाँ राणाशासनले पुष्पलालका दाजु गंगालाललाई मृत्युदण्ड दिएपछि उहाँमा अत्याचारी राणाशाहीका विरुद्ध घृणा, आक्रोश र विद्रोहको भावना जागृत भएर आयो। त्यसपछि राजनीतिमा होमिनुभएका पुष्पलालले अत्याचारी तथा सामन्ती राणाशासनको अन्त्य गरेर जनता सार्वभौमसत्ता सम्पन्न भएको गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने दृढ अठोट लिनुभयो। फलस्वरूप, २००६ वैशाख १० (१९४९ अप्रिल २२) मा उहाँले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो। उहाँको अगुवाइमा सुरु भएको सामन्तवाद एवं साम्राज्यवादविरोधी ५७ वर्ष लामो आन्दोलनकै परिणामस्वरूप २०६२/६३ मा आइपुग्दा मुलुकमा गणतन्त्र स्थापना गर्न सम्भव भएको हो।
यसरी मुलुकमा गणतन्त्र ल्याउन बाटो देखाउने पहिलो व्यक्तित्व नै पुष्पलाल हुनुहुन्थ्यो। आज पुष्पलालले अगाडि सार्नु भएका सोच र विचारकै आधारमा मुलुकमा युगान्तकारी परिवर्तन भएको छ, यस अर्थमा उहाँ साँच्चिकै युगपुरुष हुनुहुन्छ। नेपालको कम्युनिस्ट आन्दोलनका शिखर व्यक्तित्व, गणतन्त्र नेपालका स्वप्नद्रष्टा, युगपुरुष तथा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको ४८औं स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। पुष्पलाल नेपालमा मार्क्सवादी विचार फैलाउने पहिलो व्यक्तित्व हुनुहुन्थ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)