सीमा सुरक्षामा ड्रोन र फेस रिकोग्निसन प्रविधि प्रयोग गर्ने सरकारको तयारी
canadanepal.com · Fri Jul 24 13:10:00 GMT 2026

काठमाडौं - सरकारले सीमा सुरक्षालाई आधुनिक प्रविधिमार्फत थप प्रभावकारी बनाउने तयारी गरेको छ। यसअन्तर्गत संवेदनशील सीमावर्ती क्षेत्रमा ड्रोनमार्फत निगरानी गरिने तथा प्रमुख सीमा नाकामा फेस रिकोग्निसन प्रविधियुक्त सीसीटिभी प्रणाली जडान गरिने भएको छ।
शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रविधिमैत्री सुरक्षा प्रणालीलाई प्राथमिकता दिइएको जानकारी दिए। उनले चालु आर्थिक वर्षमै यसका लागि आवश्यक बजेट विनियोजन भइसकेको र कार्यान्वयन प्रक्रिया अघि बढिसकेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)