हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्ने
barnanmedia.com · Fri Jul 24 12:55:36 GMT 2026

काठमाडौँ, ८ साउनः जलवायु परिवर्तनबाट उत्पन्न हानि तथा क्षतिका विषयलाई तथ्यमा आधारित र संवेदनशील ढङ्गले सञ्चारमाध्यमबाट सामग्री सम्प्रेषण गरिनुपर्नेमा जोड दिइएको छ । विपद् पत्रकारिता सञ्जाल डिजेएन तथा प्राक्टिकल एक्सन नेपाल र आइआइइडीको संयोजनमा नेपालमा विपद्ले आर्थिक तथा गैरआर्थिक क्षति र नोक्सानीबारे पत्रकार अभिमुखीकरणसम्बन्धी एकदिने कार्यशालाका सहभागी वक्ताहरूले सो कुरामा जोड दिएका हुन् ।
नेपालमा जलवायु परिवर्तन एवं विपद्का कारण समुदायमा भइरहेका आर्थिक तथा गैरआर्थिक क्षति र नोक्सानीबारे पत्रकारको भूमिका अझ जिम्मेवार बन्नुपर्ने सहभागीहरूको भनाइ रहेको छ । विपद् सम्बन्धी समाचार सम्प्रेषण गर्दा क्षति भएका विवरण मात्र नभएर त्यसले समुदायस्तरमा पार्ने प्रभावबारे पनि जानकारी दिन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको सहभागीहरूले औंल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)