होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत
ratopati.com · Sat Jul 25 08:21:57 GMT 2026

काठमाडाैँ । संयुक्त राज्य अमेरिका र बेलायतले आगामी हप्ता लन्डनमा स्टेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षा गर्न अन्तर्राष्ट्रिय समुद्री गठबन्धन गठन गर्ने उदेश्यले उच्चस्तरीय बैठक आयोजना गर्ने योजना बनाइरहेको एक्सियोसले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
युरोपेली कूटनीतिज्ञ र यस विषयमा परिचित स्रोतहरूलाई उद्धृत गर्दै, एक्सियोसले बैठकमा अमेरिकी रक्षा सचिव पीट हेग्सेथ लगायत पश्चिमी र मध्य पूर्वी राष्ट्रका रक्षा मन्त्रीहरू र सैन्य नेताहरू बैठकमा सहभागी हुन सक्ने जनाएको छ । यात्रा कार्यक्रम र मिति अझै छलफल भइरहेकोले अन्तिम रूप दिने प्रयास भइरहेको उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)