नेपालगञ्जमा क्षतिग्रस्त शालिक पुनर्निर्माण, एकैदिन ६ वटाको अनावरण
kendrabindu.com · Sat Jul 25 08:24:32 GMT 2026

बाँके । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छवटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेन–जी आन्दोलनका क्रममा तोडफोड गरिएका ती ऐतिहासिक शालिकको अनावरण गरेका हुन् ।
स्व. पूर्वप्रधानमन्त्री सुशील कोइरालाको शालिकसँगै स्व. गणेशमान सिंह, बीपी कोइराला, नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, तत्कालीन राजा वीरेन्द्र शाह तथा शहीद सेतु बिकका पुनर्निर्माण गरिएका शालिक नेपालगञ्जका अलगअलग स्थानमा पुनः स्थापित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)