आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
lokaantar.com

नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ । इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड, २०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन् ।
बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगको प्रतिफलस्वरूप यो अवार्ड प्राप्त भएको जनाएको छ । यसले बैंकिङ सेवा र नवप्रवर्तनलाई थप सुदृढ बनाउन प्रेरणा दिने बैंकको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)