‘रोहिंग्या, पाकिस्तानी र सोमालियालीहरु शरणार्थी भारतहुँदै नेपाल प्रवेश गर्ने क्रम बढेको छ’
corporatenepal.com · Fri Jul 24 13:14:19 GMT 2026

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन् ।
सिंहदरबारमा शुक्रबार बसेको एक संसदीय समितिको बैठकमा उनले सीमा सुरक्षा र अपराध नियन्त्रणका सन्दर्भमा प्रहरीले भोग्नुपरेका समस्याबारे जानकारी गराए । कार्कीकाअनुसार पछिल्लो समय रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैधरूपमा नेपाल प्रवेश गर्ने क्रम बढेको छ । नेपालका विभिन्न स्थानमा समूह बनाएर बस्ने गरेका यस्ता व्यक्तिहरू लागुऔषध कारोबार लगायतका सुरक्षा संवेदनशीलता उत्पन्न गर्ने क्रियाकलापमा संलग्न रहेको पाइएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)