सर्वोच्चको निर्देशन: पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्नू
nepalpress.com · Sat Jul 25 08:32:17 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले पशु चिकित्सकलाई पशु औषधि सिफारिस (प्रिस्क्रिप्सन) गर्ने स्पष्ट कानुनी अधिकार सुनिश्चित गर्न औषधि ऐन, २०३५ मा आवश्यक संशोधन गर्न नेपाल सरकारका नाममा निर्देशात्मक आदेश जारी गरेको छ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र मेघराज पोखरेलको संयुक्त इजलासले २०८३ जेठ १८ गते दिएको आदेशमा औषधि ऐनमा यथाशीघ्र आवश्यक संशोधन गरी पशु चिकित्सकलाई कानुनबमोजिम पशु औषधि सिफारिस गर्ने अधिकार प्रदान गर्न सरकारलाई निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)