गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
makalukhabar.com · Sat Jul 25 08:39:06 GMT 2026

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स (गाभी)ले नेपालसँग तीन लाख आठ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहलपछि उक्त रकम गाभी ६.० अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने सहयोगबाट समायोजन गरिने भएको हो ।
गाभीले नेपाललाई पठाएको पत्रमार्फत विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता, त्यसपछिको पत्राचार तथा नेपालले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको जानकारी दिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ । गाभीले आफ्नो निर्णयलाई नेपालका लागि विशेष र एक पटकका लागि गरिएको व्यवस्था भएको स्पष्ट गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)