ती ओली र यी मोदी... आधा रातको ३ मिनेटमै जेन-जीलाई आफ्नो फ्यान बनाउने मोदीको भाइरल क्रेज!
barnanmedia.com · Sat Jul 25 08:33:52 GMT 2026

बिहीबार राति ११ः५२ बजे प्रधानमन्त्री नरेन्द्र मोदीले एक सेल्फी भिडियो सन्देश पोस्ट गरे। यसमा उनले सिधै विद्यार्थीहरूसँग कुरा गर्दै एनईईटी पेपर लीक विवादबीच सरकार उनीहरूको साथमा रहेको आश्वासन दिए। उनले पेपर लीकलाई सामान्य कुरा होइन भन्दै कडा कदम चाल्ने वाचा गरे। शुक्रबार मन्त्रिपरिषदमा परीक्षा अपराधसँग सम्बन्धित फास्ट–ट्र्याक अदालत र कडा सजायको व्यवस्था हुने प्रस्तावित कानून स्वीकार गर्ने बताए । शुक्रबार मन्त्रिपरिषद बोलाएर पेपर लीक गर्नेलाई १० बर्षसम्म जेल र १० करोडसम्म सजाय हुने कानून पारित गरेर संसदमा पठाए
यो पहल प्रधानमन्त्रीको सामान्य शैलीभन्दा फरक थियो। सरकारी स्थान वा टेलिभिजनमार्फत भाषण दिने सट्टा उनले तीन मिनेटभन्दा कमको सेल्फी भिडियो रोजे, जुन विशेषगरी युवाहरू र डिजिटल संसारसँग जोडिएका मानिसहरूलाई लक्षित गरिएको देखिन्थ्यो। यस्तो भिडियो शोसल मिडियाका अल्गोरिदम फ्रेण्डलीपनि थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)