देवभूमि नेपालको शक्ति : किन विश्वको रोजाइ बन्दैछ धार्मिक पर्यटन ?
kalakarmi.com · Sat Jul 25 08:44:08 GMT 2026

काठमाडौं- धार्मिक पर्यटन अव केवल रेखीय यात्रा रहेन । यो त्रक्रिय यात्रामा रुपान्तरण हुँदैंछ । आस्था र विश्वास बाट अघि बढेर जीवन दर्शन र परिवर्तनको पूर्णता पे्ररित खोजमा बदलिदैं छ । आजको पुस्ता बदलिंदो छ । जेनजी पुस्ता अब उत्तर आधुनिक पुस्ता पनि हो । सभ्यताको प्रारम्भबाट मान्छे ज्ञान खोज्दै हिडेको छ, आश्चर्यको खोजीमा छ, तिलश्मी भूमि खोज्छ, आफुलाई चकित पार्ने समाज र सभ्यता खोज्छ अनि चकित पर्नुमा उपलब्धि मान्छ । यसरी सँधैभरि पर्यटन नयाँ/नयाँ आयाम र स्वरुपमा अघि बढेको छ ।
पर्यटन मुख्य रुपमा चार प्रमुख प्रेरणारुपी मानविय स्वभावको स्तम्भमा उभिएर आफनो अस्तित्वका लागि संघर्ष गर्छ । नयाँपनको खोजी, समाज बुझ्ने चाहना, ज्ञानको खोजी र आतिथ्यताको रहर । यी चार मानवका जन्मजात चरित्र हुन् । आज विश्व सिनेमा विज्ञानको ब्याख्याको उत्तर आयामीक कथा भन्ने प्रयास गर्छ । ज्ञान र चेतनाको मेटा भर्सन पर्दामा प्रस्तुत गर्ने जमर्को गरिरहेको छ । सन २०१७ मा आएको हलिउड चलचित्रको प्रमुख पात्र सर्जन डा.स्ट्रेन्जको दुर्घटनामा परि हात काम नलाग्ने भएपछि अलौकिक शक्तिको खोजीमा त्यो पात्र तिलश्मी भूमि कमारताज पुग्छ । यो ठाँउ हिन्दु मिथकसँग जोडिएको देखाउँछ फिल्मले । पात्रको हात ठिक हुन्छ । यस चलचित्रले मानिस आफ्नो अर्धचेतन मस्तिष्क र ज्ञानको अन्धकारबाट पार पाउन ईश्वरीय संसारको खोजीमा निस्कन्छ, मनको अन्धकारबाट मुक्तिको बाटो तय गर्न प्रकृतिमा भगवानको वरदान छ भन्ने विश्वासलाई मजबुत पार्दै जीवनमा नयाँ शक्ति संचारको अभिलाषा राख्छ भन्ने सन्देश दिन खोजेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)