व्यक्तिको मर्यादाको रक्षा राज्यको दायित्व
baahrakhari.com · Sat Jul 25 08:57:58 GMT 2026
समाज वा व्यक्तिलाई कुनै पनि प्रकारको आर्थिक वा मानसिक क्षतिबाट जोगाउनु राज्यको दायित्व हो । यसैले जुवाबाट जोगाउन सरकारले वेबसाइट र एप्लिकेसनहरू बन्द गर्दा त्यसको विरोध नहुनुको मूल कारण यही नै हो । यद्यपि, सामाजिक सञ्जालबाट नागरिकको मर्यादा र व्यक्तित्वमाथि गरिने आक्रमणमा भने सरकार अहिलेसम्म मुकदर्शक देखिन्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले दुई लाखभन्दा बढी अनलाइन जुवा र अवैध आर्थिक कारोबारसँग सम्बन्धित वेबसाइट तथा एप बन्द गरेको जनाएको छ । यस्ता माध्यम पुनः सञ्चालन भइरहने भएकाले निरन्तर निगरानी र अनुगमन अपरिहार्य हुने प्राधिकरणको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)