राहुल गान्धीको टिप्पणीः ‘मोदी भारतका विगत हुन, आन्दोलनरत विद्यार्थी भविष्य हुन’
kalakarmi.com · Sat Jul 25 09:06:41 GMT 2026

काठमाडौं- भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा लोकसभा प्रतिपक्षी दलका नेता राहुल गान्धीले जारी निट परीक्षा विवाद र विद्यार्थी आन्दोलनलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कडा आलोचना गरेका छन् । उनले प्रधानमन्त्री मोदीलाई भारतको ‘विगत’ र आन्दोलनरत विद्यार्थीलाई देशको ‘भविष्य’ को संज्ञा दिएका छन् ।
शनिवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गान्धीले सरकारको सम्पूर्ण प्रणालीले युवालाई निशाना बनाइरहेको आरोप लगाए । उनले आन्दोलनरत विद्यार्थीलाई आफ्नो मागबाट पछि नहट्न आग्रह गर्दै उनीहरूको साथमा आफूहरू रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)